२०७८ साल साउन १२ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी कार्यालय आजदेखि नियमित, सेवाग्राही बढ्दै

रेडियो नेपाल २०७६ असोज २७ गते १९:५१

काठमाडौँ –  दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित रुपमा खुलेका हुन् ।

कार्यालय खुलेसँगै सेवाग्राही पनि आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले कार्यालय खुलेसँगै सेवाग्राहीको आउन थालेको बताउनुभयो ।

‘‘कार्यालयका केही टाढा रहेका कर्मचारी आउन बाँकी रहेको छ । दैनिक जसो नियमित कार्य शुरु गरिएको छ’’, उहाँले भन्नुभयो, ‘‘आजदेखि विस्तारै सेवाग्राहीहरु बढेका छन् ।’’

दशैँमा पाँच दिन सरकारी कार्यालय बन्द रहेका थिए । आइतबार पनि सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि आजदेखि मात्र नियमित रुपमा कार्यालय खुलेका हुन् ।
रासस

सम्बन्धित