तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रर्वद्धन गर्न इलाममा ‘पुर्वी पर्यटन मेला-२०२०’ आयोजना हुने

इलाम – पर्यटन प्रबद्धन गर्न इलाममा ‘ पुर्वी पर्यटन मेला (इस्ट टुरिजम फेस्टिबल) २०२० ’ हुने भएको छ । इलाम नगरपालिकाको आयोजनामा आगामी चैत्र ३० गतेदेखि तीन दिनसम्म पर्यटन मेला सञ्चालन गरिने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को सन्दर्भमा इलाममा पर्यटकलाई आर्कषित गर्न पर्यटन मेला सञ्चालन गर्ने कार्यपालिकाको सोमबार बसेको बैठकले निर्णय गरेको हो ।

पर्यटन मेला सञ्चालन गर्न उपप्रमुख सुशिला नेम्वाङको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितीमा जनप्रतिनिधि , राजनीतिक दलका प्रतिनिधी, पर्यटन व्यवसायीलगायत विभिन्न संघ सस्थाको प्रतिनिधित्व रहेको छ । समितिले १५ सदस्यीय सचिवालय समिति समेत गठन गर्नेछ । पर्यटन मेलामा के के गतिविधी गर्ने यसबारे समितिले निर्णय गरी कार्यक्रम तय गरिने जनाइएको छ ।

पर्यटन मेलाका लागि नगरपालिकाले रु.१० लाख रुपैया बजेट विनियोजन गरेको छ भने संघीय र प्रदेश सरकार पर्यटन बोेर्ड , बैंक तथा वित्तिय संस्थाबाट आर्थिक स्रोत जुटाइने भएको छ । पर्यटन वर्ष २०२० लाई सफल पार्न यो पर्यटन मेलाले सघाउ पुर्याउने नगरपालिकाको बिस्वास छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button