तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नेतर्फ अग्रसर हुन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले ३ तहको सरकारको अभ्यासबाट नेपाललाई समृद्ध बनाउने दिशातर्फ बर्तमान सरकार अघि बढिरहेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय मगर सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने जिम्मेवारी आदिवासी जनजातिसहित सबै नेपालीको भएकाले त्यसतर्फ अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो ।

सगरमाथा र बुद्धको देशको रुपमा बिश्वमै चिनिएको देश नेपाल गोर्खाका नामबाटसमेत बिश्व मै नाम कमाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले यसरी चिनाउने काममा मगरलगायतका आदिवासी जनजातिहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उपराष्ट्रपति पुनले नेपालको संविधानले आदिवासी जनजातिसहित सबैका अधिकार सुनिश्चित गरेको भए पनि संविधान गतिशिल दस्तावेज भएकाले आवश्कता अनुसार आवश्यक एंव अन्य बिषयलाई पनि संविधानमा सम्बोधन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मंत्री बर्षमान पुनले संविधानले सबैलाई बराबरीको अधिकार दिएकाले बिस्तारै व्यवहारमासमेत त्यस्को सकारात्मक परिणामहरु देखिंदै गएको बताउनुभयो ।

पूर्व सभामुख ओन्सरी घर्तीले मगर समुदायसहित सबै आदिवासी जनजाति र आम नेपालीले अहिले परिवर्तनको अनुभुित गर्न पाईरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button