तपाईँ सुन्दै हुनुहुन्छः

फलेवास नगरपालिकाद्वारा बैँकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत– पर्वतको फलेवास नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैँकमार्फत वितरण गर्न थालेको छ । यस अघि लाभग्राहीको हातमै भत्ता बुझाउँदै आएको नगरपालिकाले बैँकमार्फत वितरण गर्न शुरु गरेको हो ।

बैँक मार्फत वितरण नगर्दा अपारदर्शिता देखिएको र लाभग्राहीको घरमा पु¥याउँदा समस्या भएपछि बैँक खातामा सामाजिक सुरक्षा भत्ता जम्मा गर्न थालिएको प्रमुख प्रशासकिय अधिकृत मोतीराम सापकोटाले जानकारी दिनुभयो । तीनवटा बैँकमा लाभग्राहीको खाता खोलेर वितरणको व्यवस्था मिलाएको सापकोटाले जानकारी दिनुभयो ।

साविकको जिल्ला विकास समितिले २०७० सालमा बैँकमार्फत वितरण गर्न शुरु गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि फलेवास नगरपालिकाका सबै वडामा बैँक छोडेर हातहातमा वितरण गर्न थालिएको थियो । तत्कालिन जिविसले वितरण गर्दा खोलिएको बैँक खातालाई सक्रिय बनाएर बैँकबाट वितरण गर्ने व्यवस्था गरिएको हो ।

फलेवास नगरपालिकाले गरिमा विकास बैँक कुश्मा, मुक्तिनाथ बैँक कार्किनेटा, गरिमा बैँक फलेवासको शाखाबाट भत्ता वितरण गर्ने व्यवस्था गरेको हो । पछिल्लो चौमासिक भत्ता बैँकमा गइसकेको र सम्बन्धित बैँकबाट भत्ता लिन सक्नेछन् ।

नगरपालिकाका लेखा अधिकृत लीलाधर गौतमका अनुसार फलेवास नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३ हजार ९ सय ८१ छ ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने हरुमा जेष्ठ नागरिक एक हजार ७७२, जेष्ठ नागरिक दलित चार सय ४२, एकल महिला ९ जना, एकल महिला नौ सय ३२, पुर्ण अपाङ्ग ३६ जना रहेका छन् ।

अति अशक्त अपाङ्गता भएका एक सय १६ आंशिक अपाङ्ग बालबालिका सुरक्षा भत्ता लिनेको संख्या छ सय ७४, जेष्ठ नागरिक औषधोपचार सहित पाउने एक हजार ९४२ जना छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button