तपाईँ सुन्दै हुनुहुन्छः

स्काभेटरको ठक्करबाट एकजनाको मृत्यु

अमरगढी – डडेल्धुराको आलिताल गाउँपालिका-४ जालटुडा भन्ने स्थानमा स्काइभेटरको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आलिताल गाउँपालिका वडा नं.४ का ५२ वर्षिया मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

परशुराम नगरपालिकाको जोगबुढाबाट डोटीको बुडरतर्फ आइरहेको बा.२.क ५४६४ नम्बरको स्काइभेटरले ठक्कर दिदा पैदलयात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो  ।

चालकको लापरवाहीले घटना भएको भन्दै स्थानीयबासीले आक्रोस पोख्दै एक घण्टा सडक बन्द गराएका थिए । उक्त स्काइभेटरका चालक फरार रहेको भएपनि स्काभेटर परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रा.ली.को रहेको प्रहरीले जनाएको छ ।

स्काभेटरको ठक्करबाट मृत्यु भएका बोहराको परिवारजनलाई उचित क्षतीपुर्ति दिन नगर प्रमुख साँउदले सहमती जनाएपछि बिबाद साम्य भएको छ । स्काइभेटर चालक शेरबहादुर महरा फरार रहेको भएपनि उनको खोजीकार्य तीव्र पारिएको प्रनाउ न्यौपानले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button