तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा हंश बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिनुभयो ।

मलखाद बोकेर बेलौरीको भुडादेखि बेलडाँडी स्थित घर फर्किने क्रममा अनियन्त्रित भई म २ प ९९६० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button