२०७८ साल साउन १६ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

बढी भाडा लिने १७ वटा  सवारी साधनलाई कार्बाही

रन्जन यादव २०७६ असोज २७ गते १५:४६

बारा – प्रदेश नं.२ मा यात्रुसँग बढी भाडा लिने १७ वटा सवारी साधनलाई एकै दिन ट्राफिक प्रहरीले कार्बाही गरेको छ । चाडवार्डको मौका छोपी तोकिएको भन्दा यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई हिजो कार्बाही गरी बढी रकम तत्कालै फिर्ता गराईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया प्रमुख योग बहादुर पालले जानकारी दिनुभयो ।

बिभिन्न सवारी साधनहरुले ४३ जना यात्रुहरुसँग ११ हजार ९ सय ७५ रुपैया बढी भाडा लिएका थिए । २ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय,पथलैयाले बढी भाडा लिने एउटा सवारी साधन ,जिल्ला ट्राफिक कार्यालय पर्साले ४ वटा सवारी साधन ,जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ५ वटा सवारी साधन ,जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले ५ वटा सवारी साधन र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले २ वटा सवारी साधनलाई कार्बाही गरिएको २ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

सवारी चालक तथा धनीलाई यातायात व्यवस्था अनुसार जरिवानादेखि यातायात कार्यालय पठाउन समेतको कार्बाही गरिएको छ ।

सम्बन्धित