२०७८ साल साउन १७ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सिन्धुबासीलाई खुशी

देवराज सुवेदी २०७६ असोज २७ गते १३:१९

मेलम्ची – चिनियाँ राष्ट्रपति सि जिङफिङको नेपाल भ्रमणको पूर्व सन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुबासीको चासो थियो ।

तातोपानी नाकालाई आफ्नो जिल्ला कै भविष्यको रुपमा हेरिएको सिन्धुबासीमा यो चासो हुनु अस्वभाविक पनि थिएन । २०७२ साल बैशाख १२ गते आएको महाभूकम्प र लगत्तैपछिको भोटेकोसी बाढीले सडकलगायतको भौतिक संरचना ध्वस्त भएपछि करिब ४ वर्ष नाका पूर्णरुपले बन्द भएको यो नाका सञ्चालन गत जेष्ठ १५ गतेबाट भएपनि यथेष्ट सडक लगायत भौतिक संरचनाको विकास र चिनियाँ सरकारले स्पष्ट चासो नदेखाएको कारण नाका फेरि बन्द हुने हो कि भन्ने सिन्धुबासीमा चिन्ता थियो । भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार बर्षपछि जेठ १५ गतेबाट औपचारीक रुपमा खुलेको थियो ।

तर, तातोपानी नाका सञ्चालनको प्रमुख जड सडक नै समस्यामा छ । त्यसैले चिनियाँ राष्टपति सीलाई नेपालले तातोपानी काठमाडौँ सडकको स्तर उन्नतीको प्रस्ताव अघि सारेको हो । चिनियाँ पक्षको सक्रियतामा चारबर्ष बन्द भएको तातोपानी जेठबाट सञ्चालनमा आएको हो ।

तातोपानी नाकालाई व्यवस्थि गर्नका लागि चिनले लार्चामा अत्याधुनीक प्रविधिको सुख्खा बन्दरगाह निर्माण गरेको छ । चिनियाँ पक्ष तातोपानी काठमाडौँ सडकको स्तर उन्नती गर्नमा सकारात्मक देखिएको छ ।

व्यवस्थित सडक नहुँदा तातोपानी नाका सञ्चालनमा समस्या पर्दै आएको छ । सडककै कारणले पनि दशैँ अघि करिब एक सातासम्म तातोपानी नाका बन्द भएको थियो । तातोपानी नाका नेपाल र चिनबीचको व्यापारको लागि सहज नाकाको रुपमा लिइन्छ ।

पछिल्लो समयमा सरकारले बैकल्पिक नाकाको रुपमा रसुवाको केरुङ नाकालाई पनि लिइएको छ । सरकारले तातोपानी काठमाडौँसँगै रसुवा करुङ सडकको स्तरउन्नतीको समेत प्रस्ताव गरेको छ । सरकारले राष्टपति सीसामू केरुङ काठमाडौँ रेलमार्गलाई उच्च प्राथामिकताको साथ राखेर अगाडि बढाउँन प्रस्ताव गरेको छ ।

केरुङ काठमाडौँ रेलमार्ग र करुङ रसुवा सडकको स्तरउन्नती भएको खण्डमा तातोपानी नाकाबाट हुने सदावहार व्यापारको तुलनमा केहि कमी आउनेछ ।

तर आईतबार राष्ट्रपति सि जिङफिङ स्वादेश फर्के लगत्तै नेपाल र चीन दुई देशको संयुक्त बक्तव्य सार्वजनिक भएको छ ।

जसमा तातोपानी नाका र अरनिको लोकमार्गको विषयमा सम्वोधन गरिएको छ । वक्तव्यमा तातोपानी नाका सञ्चालनको दुबै देशले स्वागत गर्दै नाका सञ्चालन र निरन्तरताका निमित्त चिनियाँ पक्षले आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता जनाएको छ ।

बक्तव्यमा लेखिएको छ दुबैपक्षले जाङमो र खासा वोर्डर सञ्चालनमा आएकोमा स्वागत गर्दै सञ्चालनको लागि आबश्यक पुर्बाधार निर्माण चिनियाँ पक्षले गर्ने ।

१४ बुद्धे सो वक्तव्यमा अरनिको हाइवेलाइ प्राथमिकतामा राखि निरन्तर सञ्चालनको लागी स्तरोन्नति र पुनर्निर्माण विभिन्न चरणमा गर्दै लगिने पनि उल्लेख गरिएको छ । त्यस्तै लार्चामा सीमा क्षेत्र निरीक्षण कार्यालयको लागि आवश्यक सहयोग गर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

सम्बन्धित