तपाईँ सुन्दै हुनुहुन्छः

दशैंको अवधिमा तनहुँमा ७ सय ५४ सवारी साधनलाई कारवाही

तनहुँ । दशैंको अवधिमा तनहुँमा ७५४ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ ।

नेपालहरुको महान पर्व वडादशैंमा मात्रै माधक पदार्थ सेवन गर्ने, बढी यात्रु राख्ने, भाडा बढी लिने गरी सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ । सो अवधिमा सबैभन्दा बढी बस कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यसवर्षको दशैं अवधिमा मापसे गरी सवारी चलाउन कम भएको र दुर्घटनासमेत कम भएको उहाँले बताउनुभयो । बढी यात्रु राख्ने, सवारी भाडा बढी लिने, सामग्री बोक्ने सवारीले मानिस बोक्ने र मापसे गर्ने सवारी चलाएका गरी ७५४ सवारीसाधनलाई कारवाही गरिएको अधिकारीले जानकारी दिनुभयो ।

२४० बसलाई कारवाही गर्दा एक लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने २०८ मोटरसाइकललाई कारवाही गर्दा एक लाख ५७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार १६९ जीपकारलाई कारवाही गर्दा ९९ हजार, १२० ट्रकलाई कारवाही गर्दा ६२ हजार पाँच सय, २७ ट्याक्टरलाई कारवाही गर्दा १८ हजार रुपैयाँ राजश्व संकलन भएको छ । २३ सवारीले बढी भाडा लिएको त्यस्तै जिल्ला ट्राफिक कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने २३ सवारीसाधनलाई कारवाही गर्नुका साथै यात्रुलाई बढी भाडा फिर्ता गरेको छ ।

छतमा यात्रु राख्ने र बढी भाडा लिने सवारी साधनले लिएको भाडा सम्बन्धित यात्रुलाई फिर्ता गरिएको ट्राफिक प्रमुख अधिकारीले दिनुभयो । उहाँका अनुसार सामान बोक्ने सवारीमा यात्रु बोकेको दुई वटा सवारीलाई समेत कारवाही गरिएको छ ।

बेलचौतारा, भिमाद, थर्पु, पुर्कोट, डुम्रे र आँबुखैरेनीमा चेक पोष्ट राखी बढी भाडा लिएको थाहा पाउनासाथ सवारीको नम्बर ट्रयाप गरी कार्यालयमा बोलाएर वा नजिकको चेक पोष्टमा रोकी कारवाही गरिएको उहाँले बताउनुभयो । विभागमा कारवाहीको लागि पठाएमा सजाय हुनुका साथै ५ लाख रुपैयाँ सम्मको जरिवाना हुने प्रावधान रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button