तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका सडक दुर्घटना : २ जना नेपालीको मृत्यु

काठमाडौं । नेपालमा दशैं तिहारको रौनक छाइरहेको बेला अमेरिकामा २ जना नेपालीहरुको ज्यान गएको छ । ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको हो । दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको ज्यान गएको छ । २२ वर्षीया सिर्जना विश्वकर्माको माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए । अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो । स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button