तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना सर्बिया प्रस्थान

काठमाडौं ।राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १४१औँ सम्मेलनमा भाग लिन आज सर्बियाको बेलग्रेड प्रस्थान गर्नुभएको छ । अध्यक्ष तिमिल्सिना नेतृत्वको सङ्घीय संसद्को प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यद्वय खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज सहभागी हुनुहुन्छ ।

नेपाललगायत १७१ राष्ट्रका संसद् र अन्य ११ एसोसियट सदस्य रह्को आइपियुको १४१आंै सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ । उक्त सम्मेलनमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेल सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button