२०७९ साल असार १२ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

इक्वेडरको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

रेडियो नेपाल २०७६ असोज २७ गते ९:५४

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सीबिनै मैदान उत्रेको अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आधा दर्जन गोल गर्दै इक्वेडरमाथि शानदार जित हासिल गरेको छ ।

पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने इक्वेडरले एक गोल सान्त्वना गोलको रुपमा फर्काएको थियो ।

अर्जेन्टिनाका लागि लुकास एलारिओले २० औँ गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै लिएनार्डो पारेडेसले ३२ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल २–० को स्थितिमा पु¥याए । खेलको २७ औँ मिनेटमा इक्वेडरका जोन स्पिनोजाले आत्मघाती गोल गरेसँग अर्जेन्टिना ३–० को स्थितिमा पुगेको थियो ।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्किने संकेत देखाए पनि एक गोल मात्रै फर्काउन सक्यो । ४९ औँ मिनेटमा एन्जल मिनाले इक्वेडरका लागि एक गोल गरे । त्यसपटि अर्जेन्टिनाले तीन गोल थप्यो ।

६६ औँ मिनेटमा जर्मन पिजेला, ८२ औँ मिनेटमा निकोलास डोमिन्गुएज तथा ८६ औँ मिनेटमा लुकास ओकाम्पोसको गोलले अर्जेन्टिना ६–१ गोल अन्तरले विजयी भयो ।

सम्बन्धित