तपाईँ सुन्दै हुनुहुन्छः

सि चिनफिङको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

Image may contain: 3 people, people smiling, people standing and suit

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

राष्ट्रपति चिनफिङलाई विदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै सो कुरा उल्लेख गर्नुभएको हो । “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ” प्रधानमन्त्री ओलीले टुइटरमा लेख्नुभएको छ “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ।”

नेपालको दुईदिने राजकीय भ्रमणमा हिजो आउनुभएका  चिनफिङ आज स्वदेश फर्कनु भएको छ ।

चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री ओली लगायत लगायत विशिष्ट महानुभावले विदाइ गर्नुभएको हो । चिनफिङ हिजो दिउसो करिब ५ बजे नेपाल अवतरण गर्नुभएको थियो । उहाँ आज करिब २.३० मा स्वदेश फर्कनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button