तपाईँ सुन्दै हुनुहुन्छः

पुर्व विद्यार्थीहरुद्वारा अक्षयकोषको स्थापना

स्याङ्जा –  यहाँका पुर्व विद्यार्थीहरुले अक्षयकोषको स्थापना गरेका छन् । यहाँको पुतलीबजार नगरपालिका १३ थुम्काको महेन्द्र आधारभूत विद्यायलयका पुर्व विद्याथीहरुले ७ लाख २६ हजार ८ सय ६५ रुपैँयाको अक्षय कोष स्थापना गरेका हुन् । पुर्व विद्यार्थी सई होत बहादुर रोकाको संयोजकत्वको गठित ११ सदस्यीय समितिले पुर्व विद्यार्थीहरुबाट आर्थिक सहयोग संकलन गरेको हो ।

अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट छात्रवृत्ती, शौक्षिक सामाग्री र खेलकुद सामाग्री खरिद गरी विद्यार्थी र विद्यालयको शैक्षिक गुणस्तरमा बढवा दिन सकिने पुर्व बिद्यार्थी शोभित खड्काले बताउनुभयो ।

सोही विद्यालयमा कखरा सिकेका तथा आधारभुत तहसम्म अध्ययन गरेका विद्यार्थीहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीकौ शैक्षिक भविष्यका लागी अक्षयकोषको स्थापना गरेको हो । आगामी १ बर्षमा अक्षयकोषको रकम वृद्धी गरी १० लाख पु¥याउने लक्ष्य राखिएको पुर्व विद्यार्थी खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button