तपाईँ सुन्दै हुनुहुन्छः

चीनको एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा ६ को मृत्यु, ९ घाइते  

नान्जीङ, २६ असोज –  चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।  घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ ।

घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button