तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच वार्ता शुरु

काठमाडौं । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ राष्टपति सी चिनफिङ र प्रधानमन्त्री के पी शर्मा ओलीबीच उच्च स्तरीय वार्ता सुरु भएको छ ।

होटेल सोल्टी क्राउन प्लाजामा ११ बजेबाट वार्ता उच्चस्तरीय द्विपक्षीय वार्ता सुरु भएको हो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु सहभागी हुनुहुन्छ । वार्ताको सुरुमा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्नुभएको छ ।

वार्ता करीब १५ मिनेट चल्नेछ । वार्ताको क्रममा विगत्मा छलफल भएर तयारी पुरा भएको १५ बुँदामा सम्झौता हुने अनुमान गरिएको छ ।

नेपाल र चीनबीच केही महत्वपूण विषयमा हस्ताक्षार हुने छ । सीले हिजो साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो ।
त्यस्तै राष्ट्रपति सी उहाँको सम्ममान राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा सहभागी हुनु भएको थियो ।
उहाँ आजै दिउँसो १।०० बजे स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button