तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा मापदण्ड विपरीत उत्खनन : १६ टिपर र ३ जेसीबी नियन्त्रणमा

फाइल फोटा : सांकेतिक तस्बिर

कञ्चनपुर।  कञ्चनपुरको महाकाली नदीबाट मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन अनुसार नदीमा जेसीबी प्रयोग गर्दा भू–क्षय र कटानीको समस्या निम्तिने हुँदा नदिबाट ढुंगा, बालुवा र गिट्टी संकलनका क्रममा जेसीबीको प्रयोग गर्न नपाइने मापदण्ड बनाइएको हो ।

तर, पछिल्लो समयमा दैनिकजसो जेसीबीको प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन हुने गरेको पाइएको छ । भीमदत्त नगरपालिकाले
रू। ३ करोड ९० लाखमा भवानी प्रालिसँग महाकाली नदीबाट उत्खनन गरिने नदिजन्य पदार्थको रोयल्टी संकलनका लागि ठेक्का सम्झौता गरेको छ । ठेकेदार पक्षले महाकाली नदीबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननका लागि जेसीबी प्रयोग गर्न पाउनुपर्ने अडान लिँदै आएको छ ।

यसैबीच, महाकाली नदीबाट नदिजन्य पदार्थ संकलन गरिरहेको अवस्थामा शनिबार प्रहरीले १६ टिप्पर र ३ जेसीबीलाई नियन्त्रणमा लिएको थियो । मापदण्ड विपरीत नदिजन्य पदार्थ संकलन गरेको भन्दै चालक सहित टिपर र जेसीबीलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button