तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक दुर्घटनाका ८१ घाइते घर फर्के

सिन्धुपाल्चोक । बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेलेका अनुसारे विभिन्न अस्पतालमा अहिले उपचाररतमध्ये ६ घाइतेको अवस्था चिन्ताजनक रहेको उनले बताए। प्रहरीका अनुसार काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका ६६ मध्ये ५२ यात्रु घर फर्किसकेका छन्। त्यहाँ अझै १४ घाइतेको उपचार भइरहेको छ।

हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस २४ गते इन्द्रावती गाउँपालिका–१०, भोटसिपा, बडहरे तिखुमोडमा दुर्घटनाग्रस्त हुँदा एक सय ६ जना घाइते भएका थिए। दुर्घटनापछि हेलिकोप्टर र सवारी साधनबाट उद्धार गरी घाइतेलाई उपचारका लागि विभिन्न पाँचवटा अस्पताल पु(याएको थियो।

बनेपाको शिरमेमोरियल अस्पतालमा उपचाररत १६ मध्ये १४ यात्रु स्वास्थ्य लाभ गरी फर्केका छन्। त्यहाँ दुई घाइतेको अझै उपचार भइरहेको छ। राजधानीको वीर अस्पताल ट्रमा सेन्टरमा आठ घाइते उपचाररत छन्। त्यहाँ १५ घाइतेलाई उपचारका लागि पु¥याइएकोमा सात घ। फर्केका छन्। भक्तपुरको शंकारापुर अस्पतालमा रहेका सबै आठ घाइते उपचारपछि आ–आफ्नो घर फर्केका छन्। े केएमसी अस्पतालमा एक घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button