तपाईँ सुन्दै हुनुहुन्छः

महिला सहकारीद्वारा दुई करोडको खसीबोका बिक्री

दाङ । दशैंँका अवसरमा दाङका छ महिला सहकारीले करीब दुई करोडको खसीबोका बिक्री गरेका छन् ।

यस दशैँमा सबैभन्दा बढी लमही नगरपालिका ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार मूल्यका एक हजार ५३० खसीबोका बिक्री गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका एकमुष्ट सङ्कलन गरेर सहकारीमार्फत नै व्यापारीलाई बिक्री गरिएको जानकारी दिनुभयो

यस्तै लमही नगरपालिका सतबरियामा रहेको नीलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले ४५ लाख ४४ हजार मूल्य बराबरको खसीबोका दशैँमा बिक्री गरेको छ ।

पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसान परियोजना कार्यक्रम संयोजक भीमकान्त चौधरीले तीन जिल्लाका १२ सहकारीले दशैँमा मात्रै आठ हजार ८५० खसीबोका बिक्री गरेको जानकारी दिनु भयो ।

दाङका छ, प्युठानका तीन र सल्यानका तीन सहकारीले यो सिजनमा मात्र तीन करोड मूल्य बरावरको खसीबोका बिक्री गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button