तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिने राजकीय भ्रमणका क्रममा चीनका राष्ट्रपति सि काठमाडौँमा

काठमाण्डौ । राष्ट्रपति विद्यादेबी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा चीनका राष्ट्रपति सि चिनफिङ काठमाण्डौ आईपुग्नु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका राष्ट्रपति सिलाई राष्ट्रपति विद्यादेबी भण्डारीले बिमानसम्मै पुगेर स्वागत गर्नुभयो ।

त्यस अवसरमा दुबै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

राष्ट्रपति सिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति सिलाई पञ्चकन्याले फूलको माला दिएर स्वागत गरेका थिए ।

राष्ट्रपति सिको स्वागतमा उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश नम्बर ३ का मुख्यमन्त्री र सांसदहरुसहित उच्चपदस्थ सरकारी अधिकारीहरु विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।

विमानस्थलमा राष्ट्रपति सिको स्वागतमा विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति सि विमानस्थलबाट उहाँ बस्नुहुने होटेल सोल्टी जाने क्रममा सडकको दायाँ किनारमा राष्ट्रसेवक कर्मचारीहरु र सर्वसाधारणले पंक्तिबद्ध भएर दुबै देशका राष्ट्रिय झण्डा फहराएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button