तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति सी चिनफिङको स्वागतमा सिङ्गारियो राजधानी

काठमाडौं । चिनीया राष्ट्रपति सि जीङ्ग पिनको भ्रमणको स्वागतका लागि राजधानी काठमाण्डौ सिङ्गारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक सिङ्गारिएको छ ।
चिनीया राष्ट्रपतिको स्वागतका लागि तयार गरिएका फ्लेक्समा शे–फोक्सोन्डो ताल, बिपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथ, गौतमबुद्धको जन्मस्थललगायतका तस्वीर राखिएको छ

राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडमेल गरिएको छ ।

यस्तै, विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालय, काठमाडौँ महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घले चिनियाँ राष्ट्रपतिको स्वागतमा स्वागतद्वार बनाएका छन् ।

यस्तै नेपाल टेलिकम, कर्मचारी सञ्चयकोष, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकलगायतका निकायले स्वागतद्वार बनाएका छन् ।

स्वागतद्वारलाई सकेसम्म मौलिक र नेपाली कला र संस्कृति झल्काउने प्रयास गरिएको छ ।
काठमाडौँ महानगरले चिनियाँ राष्ट्रपतिको स्वागतलाई सकेसम्म काठमाडौँ उपत्यकाको संस्कृतिलाई झल्काउने प्रयास गरेको छ । नेपाल र चीनबीच शताब्दीऔँ पुरानो मैत्रीसम्बन्ध रहँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button