तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा निसान गाडी दुर्घटना : दुईको मृत्यू

काभ्रेपलाञ्चोक । कभ्रेको महाभारतबाट बनेपातर्फ गुडेको जिप आज दिउँसो रोशी गाउँपालिकाको शिखर आम्बोटेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बा ३ ख ३५१५ नम्बरको सो जिप दुर्घटनामा प्रकाश मोक्तान र अबल बोम्जनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

१६ जना सवार सो जिपमा रहेका अरु १० जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button