तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति सुरक्षा प्रदेशको पहिलो सर्त : मुख्यमन्त्री राई

फाइल तस्बिर

बिराटनगर – प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले चाँडै प्रहरी ऐन बनाएर नेपाल प्रहरीलाई थप सुद्धिढ र दक्ष नाउदै लैजाने बताउनु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयले ६४ औ प्रहरी दिवसको अवसरमा बिराटनगरमा आज आयोजना गरेको कार्यक्रमा उहाँले बिकाशको पहिलो शर्त सुरक्षा भएकाले प्रदेस न १ लाई अपराधमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताउनुभयो । उहाँले नेपाल प्रहरी प्रति जनताको बिश्वास रहेको भन्दै जनता बिश्वास जित्ने गरी उच्च मनोबलकासाथ नेपाल प्रहरीले काम गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री राईले मुलुकमा राजनितिक स्थायित्व कायम भएसंगै मुलुक समृद्धिको बाटोमा अघि बढेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले नया प्रविधिसँगै अपराधका नया शैली भित्रिरहेकाले अपराध नियन्त्रणगर्न नेपाल प्रहरी पनि प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायब महानिरिक्षक ठाकुरप्रसाद ज्ञबालीले समय अनुकुल नेपाल प्रहरीलाई श्रोत साधनसहित दक्ष बनाउदै लैजाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा अमर प्रहरीका परिबारलाई प्रहरी श्रीमती संघकी अध्यक्ष ज्ञानु ज्ञबालीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । कार्यक्रमा प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई जग्गा प्रदानगर्ने जग्गा दाता , उत्कृष्ठ कामगर्ने प्रहरी जबान तथा गतबर्षको एसइई परिक्षामा बढि अंक ल्याउने प्रहरी कर्मचारीका छोराछोरीलाई नगद सहिबत कदरपत्रबाट सम्मान गरिएको थियो । उहाहरुलाई मुख्यमन्त्री राई तथा आन्तरिक मामिला तथा कानुन मंत्री कार्कीले सम्मान प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button