मेलम्ची –प्रदेश तीन सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकामा भएको बस दुर्घटना स्थलमा पुगेका छन् ।
हेलिकप्टर लिएर घटनास्थल पुगेका मन्त्री दुलालले घाइतेको उद्धारमा कुनै कमी नराख्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले अस्पतालमा पुगेर घाइतेको अवस्थासमेत बुझेका छन् ।
आर्मीको एमआई १७ हेलिकप्टर लिएर उनी दुर्घटनास्थल पुगेका हुन ्। दुलाल त्यसै क्षेत्रबाट निर्वा्चित सांसद हुन् । इन्द्रावती गाउँपालिकामा दशैँका यात्रु बोकेर काठमाडौँका लागि छुटेको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतक दशमध्ये पाँच जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन् । अन्यकोे भने सनाखत भएको छैन ।