मेलम्ची – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १२ भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ ।
इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट दुईसय मिटर तल खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पचास बढी घाइते रहेको स्थानीय राजेन्द्र आचार्यले जानकारी दिए ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाकी रहेको डिएपसी काफ्लेले जानकारी दिए ।
छतमासमेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रुहरु बसमा रहेका डिएपसी काफ्लेले जानकारी दिए ।
हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रुबढी भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।