तपाईँ सुन्दै हुनुहुन्छः

थारु सांस्कृतिक सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै

लमही । थारु जातिका कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषा र थारु जातिको जीवनशैली अध्ययन गर्नका लागि दाङमा थारु सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ ।

दङ्गीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।

सङ्ग्रहालयमा एक हजारभन्दा बढी थारु संस्कृतिसँग जोडिएका कलाकृति राखिएका छन् ।

थारु जातिको उद्गमस्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारु सङ्ग्रहालय स्थापना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button