तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं । पाँच देशको टी–२० श्रृंखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेका कारण ११ ओभरमा ६४ रनमा अलआउट भयो ।

टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए ।

दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपाल ११ ओभरमा ६४ रनमा अलआउट भयो । नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

जवाफमा मैदानमा उत्रिएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपाली बलरहरुले सुरुवातमा ओमानलाई दबावमा राखेका थिए । करण केसीसँगै सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएपछि २७ रन जोड्दा ४ विकेट गुमाइसेको थियो । तर सुरज कुमारले ओमानलाई जित दिलाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button