तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्पूर्ण तयारी पुरा : मन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रिपूर्ण निमन्त्रणमा चीनका राष्ट्रपति सि जिन पिङले शनिबारदेखि गर्नुहुने नेपालको २ दिने राजकीय भ्रमणको सबै तयारी पुरा भएको बताउनुभएको छ ।

सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले २३ वर्षपछि हुन लागेको चीन सरकारको उच्चस्तरीय भ्रमणलाई पूर्ण सफल र ऐतिहासिक बनाउने विषयमा सरकार सचेत रहेको जानकारी दिनुभयो ।

भ्रमणका अवसरमा अरनिको राजमार्गको स्तर उन्नती, रेलवे निर्माण, अन्तरदेशिय प्रशारण लाइन, उत्तर दक्षिण करिडोरलगायतका विषयमा छलफल हुनुका साथै बहुआयामीक कनेक्टिभिटीका एवं आपसिहितका विषयहरुमा सहमति र संझौता हुने मन्त्री बाँस्कोटाले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्रपति सिको भ्रमणले सदियौंदेखि रहदै आएको नेपाल–चीन सम्बन्धलाई अझ उचाइमा पु¥याएने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button