२०७८ साल साउन १८ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिका अगाडी फोहर थुपारेर स्थानीय तथा व्यापारीले  गरे विरोध प्रदर्शन

राकेश गुप्ता २०७६ असोज २३ गते १३:२१

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा उधोग वाणिज्य संघ बरहथवा र स्थानीयहरु नगरक्षेत्र भित्रका फोहर नगरपालिका कार्यालय अगाडि थुपारेर बिरोध प्रदशन गरेका छन ।

बरहथवा नगरपालिकाबाट निस्किने फोहरमैला विगत केही दिनदेखि नगरपालिकाले व्यवस्थापन नगरेको भन्दै व्यापारीहरु तथा स्थानीयहरुले फोहरमैला नगरपालिका अगाडि फाली विरोध प्रदर्शन गरेको उधोग वाणिज्य संघ बरहथवा शाखाका अध्यक्ष निरंजन प्रसाद दासले बताए ।

नगरक्षेत्र भित्र रहेको फोहरमैलाहरुले गर्दा नगर क्षेत्र तथा बजार नै दुर्गन्धित भएकोले आफुहरुले नगरपालिका अगाडि फोहर थुपारेर बिरोध प्रदर्शन गर्नु परेको अध्यक्ष दासले बताए । नगरपालिकालाई पटक–पटक जानकारी दिए पनि बेवस्ता गरेकोले आफुहरु सरसफाईको माग गर्दै विरोध गरेको उधोग वाणिज्य संघका अध्यक्ष दासले बताए ।

बरहथवा नगरपालिकामा फोहर व्यवस्थापनको लागि १२ जना मेस्तरहरु कार्यरत छन, १० जनाको तलबमा तिनीहरुको खातामा र २ जनाको नगरपालिका मै दिने गरेको तर पनि ति मेस्तरहरुले काम नगरेकाले फोहर व्यवस्थापन गर्न नसकिएको बरहथवा नगरपालिकाले जनाएको छ ।

त्यस्तै आफुहरुको तलब बाहेकको दशैँ खर्च नदिएकोले आफुहरु आन्दोलन स्वरुप काम नै अवरुद्ध गरेको मेस्तरहरुको भनाई छ । पटक–पटक दशँै खर्चको माग गरेपनि दशँै खर्च नदिएकोले आफुहरु काम अवरुद्ध गरेको एक मेस्तरले बताए ।

नगरक्षेत्रको सरसफाई प्रति गम्भिर छु, एकदम चिन्तित पनि छु, आफु केही दिनदेखि काठमाडाँै काम विशेषले जानुपरेको र प्रमुख प्रशासकिय अधिकृत बिदामा बसेकोले मेस्तरको समस्या समाधान नभएकोले यस्तो अवस्था आएको बरहथवा नगर प्रमुख देवानन्द महतोले जानकारी दिए ।
मेस्तहरुसँग छलफल पनि गरेको छु, दशँैमा मेला लागेकाले पनि फोहरहरु धेरै निस्किएकोले यस्तो समस्या आएको हो, आफु छिट्टै नै नगर कार्यपालिकाको बैठक बसि मेस्तरहरुको समस्या समाधान गरिने नगर प्रमुख महतोको भनाई छ ।

सम्बन्धित