तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण २५ गते   

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्नुहुने भएको छ ।

चिनियाँ राष्ट्रपति सीसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी तथा उहाँ नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुना सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चिनियाँ राष्ट्रपतिसँग नेपालका विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरुले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button