तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा बस दुर्घटना : ३८ यात्रु घाईते, एकको अवस्था गम्भिर

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित आस्थाचोकमा यात्रुबहाक बस दुर्घटना हुंँदा चालक सहित ३८ यात्रु घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार आज राती सवा १२ बजे पूर्व पश्चिम राजमार्गको भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित आस्थाचोकमा काठमाण्डौबाट मलंगवा सर्लाही तर्फ जांदै गरेको ना५ख ५३४४ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडक छेउमा रहेको पिपलको रुखमा ठोक्किन जांदा  बस चालक सहित ३८ जना घाईते भएका हुन ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ भने १८ जना यात्रु मध्यम घाइते र अन्य सामान्य घाइते भएका छन । उनीहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button