तपाईँ सुन्दै हुनुहुन्छः

विजयादशमीको दोस्रो दिन : घरघरमा मान्यजनको हातबाट टिका र जमरा लगाउदै

काठमाडौं । विजयादशमी अन्र्तगत आज दोस्रो पनि घरघरमा मान्यजनको हातबाट टिका र जमरा लगाउदै दशै पर्व मनाइदै छ ।

हिजो विजयादशमी देखि सुरु भएको टिका कोजाग्रत पूर्णीमासम्म लगाउने गरिन्छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

हिजो देखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button