२०७८ साल साउन १८ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

दशैँँको टीका लगाइँदै   

रेडियो नेपाल २०७६ असोज २१ गते १३:४५

काठमाडौँ – हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।   पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।

दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो । काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।

दशैँँको विदा भएको र काठमाडौँ बाहिर दशैँँ मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडाँैको सडक भने प्राय :सुनसान देखिएको छ ।

सम्बन्धित