तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा भत्ता वितरण नहुँदा जेष्ठ नागरिक दुखी

तानसेन  ।  तानसेन नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता समयमा नपाएको भन्दै गुनासो गरेका छन् ।

कर्मचारी र जनप्रतिनिधिले तलवभत्ता र पेन्सनबुझेर दशैं मनाइरहँदा आफूहरुले ज्येष्ठ नागरिक भत्ता नपाएको अग्रज नागरिकहरुले गुनासो छ । तानसेन नगरपालिकाको ११ देखि १४ सम्मका वडाबासीले सामाजिक सुरक्षा भत्ता पाउने तर तानसेन वडा नं. १ देखि १० सम्मका नागरिकले दशैं अगाडि यो सुविधाबाट बञ्चित भएका छन् । जिल्लाका अन्य स्थानीय तहहरुले सामाजिक सुरक्षा भत्ता वितरण गरेको समाचार सुनेर आफ्नो वडाको जनप्रतिनिधिलाई सोध्दाअहिले वितरण गर्न नसकेको जानकारी दिएको तानसेन नगरपालिका वडा नं. ९ की ८२ बर्षिय तुलसीदेवी रुचालले बताउनुभयो । दशैंका बेला छोरीज्वाईंलाई दक्षिणा र नातीनातिनीलाई नयाँनोटसँगै आर्शिवाददिने धोको रहे पनि नगरपालिकाले भत्ता नदिएकाले ऋण खोज्नु परेकोउहाँको भनाई छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले घटस्थापना भन्दा अगाडि नै वैंकमा पैसा राखिदिएको तर वैंकले व्यस्तताको कारण देखाएर वितरण नगरेको बताउनुभयो । घरमै ज्येष्ठ नागरिक आएर वैंकले भत्ता बाँडेन अब म के गरौँ भन्दाआफू वैंकका कारण लज्जित हुनुपरेको उहाँको भनाई छ । वैंकमार्फत् नगएका ४ वटा वडाले भत्ता बाँडे, वैंकमा खाता खोलेका १० वटा वडाले भत्ता बाँड्न नपाएको नगरपालिका प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।

हिमालयन वैंक लिमिटेड र कृषी विकास वैंकले तानसेन नगरपालिकाको १० वटा वडाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा लिएका छन् । सरकारले हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । असोज, माघ र जेठ महिनाको १ देखि १५ गते भित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । तानसेन ८ मदनपोखराका वडाअध्यक्ष रामप्रसाद घिमिरेले जती प्रयास गर्दा पनि दशैंका बेला भत्ता बाँड्न नपाएकोमा पछुतो लागेको बताउनुभयो । “नगरपालिकाले वैंकमा पैसा पठाइएको छ भन्छ, वैंकले ढिला आयो बाँड्न सकिन्न भन्छ हाम्रो केही लागेन ।” वडाअध्यक्ष घिमिरेको भनाई छ ।

वैंकमार्फत् भत्ता वितरण गर्न थाले पछि ज्येष्ठ नागरिकल ेझन् दुःख र सास्ती पाएका छन् । पहिले छोरा बुहारीले भत्ता बुझेर ल्याइदिन्थे, अहिले बोकाएर आफै जानुपर्ने बाध्यता छ । तानसेन ११ का वडाअध्यक्ष तथा नगरपालिकाका प्रवत्तादामोदर प्रसाद घिमिरेले आफूहरुको वैंक खाता नखोलेका कारण ४ पटक १०÷१० लाख रुपैँया झिकेर घरघरै पुगी वितरण गरेको बताउनुभयो ।

सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, ६० वर्ष पुगेका एकलमहिला, सबै विधवा महिला, पूर्ण अपांगता,अति असक्त अपांगता भएका नागरिक र लोपोन्मुख आदिवासी जनजातिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ । दलित समुदाय र कर्णाली प्रदेशमा बसोबास गर्ने ज्येष्ठ नागरिक भए ६० वर्षको उमेरमा ज्येष्ठ नागरिक भत्तापाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button