२०७९ साल असार २१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एकको मृत्यु

रेडियो नेपाल २०७६ असोज २१ गते ९:३१

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय दुर्गा मन्दिरमा बिजुलीको काम गर्ने क्रममा उनलाई सोमबार साँझ करेन्ट लागेको थियो ।
उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित