तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाले जाजरकोटका दर्जनौ सडक अबरुद्ध

जाजरकोट – जाजरकोट जिल्लामा बर्षाले सदरमुकाम जोड्ने र अन्य सडक अवरुद्ध भएका छन् ।  सडक अबरुद्ध भएपछि दशैं तिहार जस्ता चाडबाडको समयमा दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र स्थानीयलाई आवजावतमा सास्ती भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । सडकमा यातायात संचालन नहु“दा दैनिक उपभोग्य बस्तु, विकास निर्माण सामाग्री, औषधी लगाएतको ओसारपसारमा पनि समस्या भएको अध्यक्ष शाहको भनाई छ ।

बर्षातले सडक भत्किनुको साथै ठाउठाउमा पहिरो गएपछि यातायातका साधन संचालन हुन नसकेका हुन । दुर्गमका स्थानीयलाई सास्ती भएको छ । ती सडक ममृतका लागि सम्बन्धित निकायले वेवास्ता गरेको पाइएको छ । सडक यातायात अबरुद्ध हुदा विभिन्न सेवा लिन सदरमसुकाम आउने, विरामी उपचार, खाद्य सामाग्री ढुवानी लगाएतमा समस्या भएको छ

बर्षातले खलंगा पा“चकाटीया, फुलचाउली, छेडा थलह सुवानाउली, कुदु जगतीपुर, फेरा कार्कीगाउ, बोरा छिप्रेना, खलंगा रिम्ना लगाएत सडकको यातायात रोकिएकाको छ ।

सदरमुकाम बाहिरका गाउ गाउसम्म सडक सञ्जाल फैलिए पनि दर्जनौं स्थानमा पहिरो जानुका साथै आधा दर्जन खोलामा पुल नहु“दा र सडक हिलाम्मे तथा खाल्डाखुल्डी हु“दा सवारी साधन चल्न नसकेका हुन् । जस्का कारण ग्रामीण भेकका स्थानीयलाई आवतजावतमा सास्ती भएकोे छ ।

यातायात संचालनमा नआएपछि स्थानीय खाद्य सामाग्रीको भारी बोकेरै पैदल हिड्न वाध्य भएको कुशे गाउँपालिका ५ का दलबहादुर थापाले बताउनु भयो । सडक अवरुद्ध भएपछि नायकबाडा, रोकायगाउ, पैंक, ढीमे, सक्ला, खगेनकोट, झाप्रा, कार्कीगाउ, दशेरा, अर्छानी, सुवानाउली, टालेगाउ लह“, डा“डागाउ लगाएत डेड दर्जन बढी साविकका गाविसका बासिन्दा यातायातको सुविधाबाट बन्चित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button