तपाईँ सुन्दै हुनुहुन्छः

निवर्तमान सभामुख महरा पक्राउ

काठमाडौं । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुृर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको अनुमतिपछि महरालाई सभामुख निवास बालुवाटारबाट आज साँझ पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता भोविन्द्र बोगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका महरालाई प्रहरी वृत्त सिंहदरवारमा राखिएको प्रवक्ता वोगटीले जानकारी दिनुभयो ।

यसअघि जिल्ला अदालत काठमाडौँका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले आजै महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सञ्चारमाध्यमबाट यौन दुव्र्यवहारको विषय सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उहाँलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा दिन भनेपछि महराले गत मंगलबार सभामुखपदबाट राजिनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button