तपाईँ सुन्दै हुनुहुन्छः

सौराहामा बन्यो थारु अनुसन्धान केन्द्र

शिशिर सिंखडा, चितवन । चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्रको भवन निर्माण सम्पन्न भएको छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आज एक कार्यक्रमकाबीच गैरआवासिय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष जीवा लामिछानेले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा एनआरएनका पूर्व अध्यक्ष लामिछानेले थारु कला सँस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

बछौलीमा २०६३ सालमा निर्माण भएको थारु साँस्कृतिक संग्रहालयसंगै नेपालमै पहिलो पटक अनुसन्धान केन्द्र स्थापना गरिएको संग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button