तपाईँ सुन्दै हुनुहुन्छः

साँढे दुई महिनामा १४ करोडको आलु र प्याज आयात

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय भएर आर्थिक वर्ष २०७६–७७ को साँढे दुई महिनामा करिब १४ करोडको आलु र प्याज भित्रिएको छ ।

भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन, भदौ र असोजको १५ सम्म १४ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।

गत आर्थिक वर्ष २०७५–७६ को सो अवधिमा ८ करोड ४० लाख मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक वर्षमा झण्डै ६ करोड बढी मुल्यको आलु प्याज भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button