तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन अन्तिम चरणमा

अर्जुन श्रेष्ठ । नेपाल र चीनबीच विद्युत् आदान–प्रदानका लागि महत्वपूर्ण मानिएको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

कूल ४०० केभी क्षमताको रसुवा–रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्यययन कार्य अन्तिम चरणमा पुगेसँगै नेपाल विद्युत् प्राधिकरणले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारी थाल्ने सोचमा पुगेकोे छ ।

२०७५ साल असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणका क्रममा प्रसारण लाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

दुई देशबीच भएको सहमतिअनुसार नेपालतर्फ ४०० केभी र तिब्बततर्फ ५०० केभी प्रसारण लाइन निर्माण गर्ने सहमति भएको र सो प्रसारण लाइनबाट कूल पाँच हजार मेगावाट विद्युत् आदान–प्रदान गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button