तपाईँ सुन्दै हुनुहुन्छः

यात्रुवाहक बस दुर्घटना हुँदा बाँकेमा १४ जना घाइते, चारको अवस्था गम्भिर

नेपालगन्ज – बाँकेमा आज यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना. ७ ख. ६८४१ नम्वरको यात्रुबाहक बस राप्तीसोनारी गाउँपालिका वडा नम्वर १ शिबखोलामा दुर्घटना हुँदा बसमा सवार १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बस आज विहान पौने ९ बजेतिर दुर्घटना भएको हो ।

घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ  । तीब्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले बताएको छ । बसमा ४६ जना यात्रु सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button