तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा दशैँलाई लक्षित सुुरक्षा योजना: नौ हजार नेपाल प्रहरी परिचालन

विराटनगरदशैँलाई लक्षितगर्दै प्रदेश न १ मा सुुरक्षा व्यवस्था सुुद्धिढ बनाइएको छ । सुुरक्षा व्यवस्था थप सुुद्धिढ बनाउन प्रदेश नं. १ मा ९ हजार नेपाल प्रहरी परिचालन गरिएको छ ।

बिराटनगर महानगरपालिकालगायत विभिन्न सहरका बैंक, वितिय संस्था सहर वजार तथा दशैको वढि चहलपहल हुुने ठाउमा ठुुलो शख्यामा सादा पोशाकसहितका प्रहरी परिचालन गरिएको प्रदेश नं. १ प्रहरी कार्यालय बिराटनगरका प्रमुुख ठाकुुरप्रसाद ज्ञवालीले बताउनुुभयो । दशँैका लािग टिका थाप्न घर नगएर नेपाल प्रहरी अहोरात्र डयुुटिमा खटेको उहाँको भनाई छ । पालैपालो टिका लगाउन जाने व्यवस्था गरेकाले कुनै पनि प्रहरी बिदा नलिई डयुुटिमा खटेको बताएको छ ।

सिमानाका तथा पुुर्व पश्चिरम राजमार्ग तथा सहायक राजमार्गहरुमा चेकपोष्ट राखेर सवारी साधन चेक जाच गर्ने , सवारी साधानले यात्रुुसंग तोकेको भाडा दर लिएका छन वा छैन त्यसबारेमा यात्रुुसँग सोधपुुछ गर्ने व्यवस्था मिलाइएको उहाँको भनाई छ । सिमाक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । ठुुलो शख्यामा राजमार्ग तथा शहरी तथा ग्रामिण क्षेत्रमा प्रहरीले ग्रस्ति बढाएको छ भने जुुवा खेलाउन सक्ने स्थानहरुमा निगरानी बढाएको प्रहरीले जनाएको छ ।

यात्रुुहरुको सहयोगका लागि २५ स्थानमा यात्रुु सहायता कक्ष संचालन ल्याइएको छ । यात्र नठगिउन भन्नका लागि भाडा दर तोकिएका होडिङबोर्ड ठाँउठाँउमा राखिएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button