तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन श्रद्धालुको भीड   

फाइल तस्बिर

जनकपुरधाम –  बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् ।

सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा व्यवस्थापक एवं महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहका अनुसार मध्याह्न १२ बजेसम्म प्रसाद चढाउने र महिलाले खोंइछ भर्नेछन् । प्रसाद र खोंइछ भर्ने क्रम सम्पन्न भएपछि मन्दिर सफा गरी साँझ हुने बोका बलिको तयारी गरिने बताइएको छ ।

त्यस्तै यहाँको विद्यापति चोक, रामानन्द चोक, भ्रमरपुरा चोकमा बनाइएको दुर्गा प्रतिमास्थलमा पनि रातिदेखि नै खोंइछ भर्ने महिलाहरू लाममा लागेका छन् । विद्यापति चोकको दुर्गा मन्दिरमा खोंइछ भर्ने महिलाको सबैभन्दा लामो लाम देखिएको छ । सो मन्दिरमा रातिदेखि नै खोंइछ भर्ने श्रद्धालु महिलाको भीड रहेको जनाइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button