तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

सुर्खेत ।   दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४, रातानाङ्गलामा बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट जुम्लाका लागि छुटेको भे १ ज–१०८४ नम्वरको बोलेरो जिप आज विहान अनियन्त्रित भएर दुर्घटना हुँदा जुम्ला जिल्ला हिमा गाउँपालिका–१, का २५ वर्षिय सुरेन्द्रकुमार शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते चालकसहित ९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिनु भयो । जीप सडकदेखि एक सय मिटर तल खसेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button