तपाईँ सुन्दै हुनुहुन्छः

बरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज ६१ वर्षको उमेरमा निधन भएको छ ।
दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो ।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनुभएका आचार्यको केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल टेलिभिजनका प्रमुख समाचारदाता राजु सिलवालले जानकारी दिनुभयो ।

पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो ।
उहाँका श्रीमती, एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button