तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको अपिल

काठमाडौँ । निर्वाचन आयोगले बडादशैँ, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा आज जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति पर्वहरुमा अवसरमा शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button