तपाईँ सुन्दै हुनुहुन्छः

दशैको बिदामा २५ बैंकले सेवा प्रदान गर्ने

काठमाडौं । दशैको बिदामा विभिन्न २१ वाणिज्य बैंकहरु र ४ विकास बैंक गरी २५ वटा बैंकले आआफ्ना शाखा कार्यालय खोली ग्राहकलाई वित्तीय सेवा प्रदान गर्ने भएका छन् ।

जसमध्ये ग्लोबल आइएमई, मेगा, सिटिजन, नबिल, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू र राष्ट्रिय वाण्ज्यि बैंकले विजया दशमीको दिनमा समेत बैंकको शाखा खुला राखेर सेवा प्रदान गर्ने जनाएका छन् ।

दशैं विदामा कृषि विकास बैंकले कूल ३९ वटा शाखाहरु मार्फत ग्राहकलाई बैंकिङ्ग सुविधा उपलब्ध गराउने सूचना मार्फत जनाएको छ । जसमध्ये बैंकको ३२ वटा शाखा कार्यालयहरु दशैं विदाको चार दिन खुल्ला रहने भएका छन् भने ७ वटा शाखाहरु भने तोकिएका दिनहरुमा मात्र खुला हुनेछन् ।

राष्ट्रिय वाणिज्य बैंकले दशैं बिदामा काठमाडौं उपत्यकाभित्र ६ वटा र उपत्यका बाहिर १६ वटा शाखा गरी २२ वटा शाखा कार्यालयहरु खोल्ने भएको छ । दशैंको टिकाको दिन बाहेक बैंकको शाखा कार्यालयहरु बिहान १० बजेदेखि १ बजेसम्म ४ दिन खुल्ने बैकले जनाएका्े छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले दशैं बिदामा १२ शाखा खोल्ने भएको छ । स्ट्यान्डर्डले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर गरी १२ वटा शाखा कार्यालयहरु खुल्ला गर्ने भएको हो ।

दशैं बिदामा प्रभु बैंकले काठमाडौं उपत्यका भित्रका ९ वटा र काठमाडौं बाहिरका १५ वटा गरी कूल २४ वटा शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

ग्लोबल आइएमई बैंकले दशैंको बिदामा उपत्यका भित्रका ४ शाखा र उपत्यका बाहिरका ६ शाखा गरी कूल १० शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

त्यसै गरी सनराइज बैंकले दशैं बिदामा काठमाडौं उपत्यकाभित्र चार शाखा र उपत्यका बाहिर १० शाखा गरी कुल १४ शाखा कार्यालय खुला गरेर बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button