तपाईँ सुन्दै हुनुहुन्छः

दशैंमा फौजी जागीर (भिडियो सहित)

काठमाडौं । राष्ट्रसेवक कर्मचारी फौजीको कथा वस्तुलाई समेटर लोकदोहोरी गित बजारमा आएको छ । शुभ विजय दशमिको उपलक्ष्यमा डि.ए.आर मुभिजले विवेक चौलागाईको लोक दोहोरी गीत ‘फौजी जागीर’ आम दर्शक तथा स्रोता माझ ल्याएको हो ।

प्रभावन जे को शब्द तथा संगीत रहेको गीतमा प्रभावन जे, विवेक चौलागाई, गीतादेवी र जिवन बडुको स्वर रहेको छ ।

बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ जिवन बडुले गरेका छन् । प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रल्हाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईले अभिनय गरेका छन् । सम्पादन तथा सहायक निर्देशन नविन भट्ट, छायाँकन÷ड्रोन रोनिश तामाङ, आर्ट राजाराम गौतम, मेकअप शर्मिला सुनवार, व्यवस्थापन कृष्ण गौतम र गोकुल दंगालको रहेको छ ।

केहि समय अगाडि चरि मैना बजारमा ल्याएका विवेक चौलागाईको यो पाँचौ गीत हो ।

गीतको भिडियो तलको लिंकमा रहेको छ :

प्रतिक्रिया राख्नुहोस्

Back to top button