तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी गाडी दुरुपयोग भए कारवाही गर्न निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चाडपर्वका बेला कालाबजारी बढ्नेतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।

सञ्चार केन्द्र, नेपालले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री पण्डितले अनुगमनमा परिचालित टिमले इमान्दारीपुर्वक जनभावना अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले कालाबजारी गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कारवाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री पण्डितले दशैं बिदाको समयमा सरकारी सवारी साधनको दुरुपयोय भएको पाइएमा ठाँउको ठाँउ कारवाही गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button