तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरीमा कुण्ड र धर्मशाला बन्दै

ललितपुर-प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि नगरपालिका गठन भएपछि अघि बढाइएको सो योजनाअन्तर्गत कुण्ड र धर्मशाला निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको बताइएको छ ।

सो कुण्ड फराकिलो पार्ने, वरपर मर्मत तथा सुधार गर्ने, पर्खाल लगाउने, सिँढी बनाउने र रेलिङ हाल्ने काम करीब समाप्त भइसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

यसैगरी हाल कुण्ड नजिकै दुईतले भवन धर्मशालाको रुपमा निर्माण भइरहेको छ । सो धर्मशाला निर्माणको लागि रु दुई करोड रकम सङ्कलन भएको छ । नगरपालिकाले रु ६० लाख, प्रदेश सरकारबाट रु एक करोड र वडाले रु ४० लाख सहयोग गरेको सो नगरपालिका–३ वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताउनुभयो ।

सम्बन्धित व्यक्तिको अनुमति लिएर आवश्यक परेको खण्डमा सो भवनमा इच्छुक व्यक्तिले शुभकार्यदेखि बैठक, भजन र कीर्तन गर्न पाउने घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button